पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

उज्यालो प्रतिनिधि १९ जेष्ठ २०८३, मंगलवार समाचार

मुस्ताङ, हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् ।

आर्थिक वर्ष २०७८/७९ देखि आव २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ ।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको सुरुआती वर्ष मुस्ताङमा लेक लागेर आव २०७८/७९ मा छ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १४ जना, आव २०८१/८२ मा १३ जना र चालु आव २०८२/८३ को जेठ १५ सम्म १३ जना गरी ५८ जना पर्यटकले ज्यान गुमाएका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । उकालो उक्लँदै गर्दा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्या हुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार