कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

उज्यालो प्रतिनिधि ३ जेष्ठ २०८३, आईतवार समाचार
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना तर्फबाट भएका भूल–त्रुटि र गल्ती–कमजोरीहरू स्वीकार गर्दै जनतासमक्ष आत्मालोचक भएर प्रस्तुत हुन एमाले पङ्क्तिलाई आग्रह गरेका छन् ।
तेत्तिसौँमदन–आश्रित स्मृति दिवसका अवसरमा उपाध्यक्ष पौडेलले जनताको बहुदलीय जनवादको मर्मलाई ठीक ढङ्गले आत्मसात् गर्दै गुमेको जनताको विश्वास पुनः प्राप्त गर्न र नेकपा (एमाले)लाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिकामा पुनःस्थापित गर्न दृढ सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।
“यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा ज्यादा अप्ठ्यारो मोड र रक्षात्मक अवस्थामा आइपुगेक छन् । हामीले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जनताको बहुदलीय जनवादबाट ठीक ढङ्गले निर्देशित हुन सक्यौँ वा सकेनौँ भनेर वस्तुनिष्ठ समीक्षा गर्न विलम्ब भइसकेको छ,” उपाध्यक्ष पौडेलले भनेका छन् ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार