मौरीपालक किसानलाई आईपिएम पाठशाला

उज्यालो प्रतिनिधि २८ माघ २०८२, मंगलवार समाचार

चितवन, जिल्लाका मौरीपालक किसानका लागि आईपिएम कृषक पाठशाला सञ्चालन गरिएको छ । मौरीपालन विकास केन्द्र भण्डाराले राप्ती नगरपालिकामा मौरीपालन गर्ने १४ किसानलाई पाठशालामार्फत मौरीपालन व्यवसायमा लाग्ने रोग किरा व्यवस्थापनसँगै विषादीले मौरीमा पार्ने असरका बारेमा ज्ञान दिएको हो ।

कार्यालयका प्रमुख सुजन अङ्गाईका अनुसार गत भदौदेखि सुरु गरिएको पाठशालामा मौरीको जीवन चक्र, मौरीको कृत्रिम आहारहरु, मौरीमा लाग्ने रोग किरालगायत मौरीको परागसेचन भूमिकाका विषयमा कृषकलाई जानकारी गराइएको थियो । पाठशालामा मौरीमा रोग किराको व्यवस्थापन घरेलु तथा प्राङ्गारिक तरिकाले कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत ज्ञान दिइएको थियो ।

मौरीमा लाग्ने किरा तथा रोगको समाधानका लागि विभिन्न घरेलु औषधिहरु जस्तै बोझो, कडिपत्ता, गिदरी, अमलाको झोलको प्रयोग गर्न सकिने कक्षामा जानकारीसहित प्रयोगात्मक तवरले समेत देखाइएको छ । मौरीमा सुलसुले, मैनपुतली, खपटे, युरोपियन फाउल ब्रुर्ड, नोसेमा (पखाला) जस्ता रोग किराहरु लाग्ने हुँदा यसलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा पाठशालामा जानकारी गराइएको थियो ।

पाठशाला १६ हप्तासम्म सञ्चालन हुने छ । तालिममा सहभागीमध्ये लक्ष्मण थापा यस पाठशाला किसानका लागि उपयुक्त भएको बताउछन् । उनका अनुसार मौरीबाट हुने फाइदा, बेफाइदाका कुरासँगै व्यावसायिक रुपमा मौरीपालन गर्नलाई सहजीकरण पाठशालाले पुगेको छ । उनले भने, “धेरै कुरा सिक्यो र सिक्दैछौँ । यसलाई व्यवहारमा उतार्न हामी लाग्छौँ ।” अहिले आफूले तीन घार मौरीपालन गर्दै आएको तालिमपछि यो सङ्ख्या बढाउँदै व्यावसायिक गर्ने योजना रहेको उनले बताए ।

जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सङ्ख्या ४५० जना रहेका छन् । यहाँ १९ हजार ५०० घार सङ्ख्या रहेका छन् । ती घारबाट वार्षिक ५०० मेट्रिकटन मह उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । जसमध्ये चिउरी र तोरीको मह ७५ प्रतिशत उत्पादन हुने गरेको छ । बाँकी २५ प्रतिशत रुदिलो, फापर, लिच्ची, पड्केलगायतका स्रोतबाट मह उत्पादन हुँदै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार