नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

उज्यालो प्रतिनिधि २८ माघ २०८२, मंगलवार समाचार

काठमाडौँ, नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।

यही माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पञ्जाव प्रान्तको खरियाँस्थित ‘नेशनल काउन्टर टेराेरिजम सेन्टर’मा आयोजित प्रतियोगितामा सर्वोत्कष्ट अङ्कसहित स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा पाकिस्तानसहित १७ राष्ट्रका ३८ सैनिक टोली सहभागी थिए । अभ्यासमा टोलीहरुको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशललगायतका क्षमताको परीक्षण गरिएको थियो । सन् २०१६ देखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तरराष्ट्रिय स्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र सन् २०२५ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार