गृहमन्त्री अर्यालद्वारा निर्वाचनको तयारीबारे छलफल

उज्यालो प्रतिनिधि २८ माघ २०८२, मंगलवार समाचार

काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग जानुभई निर्वाचन सुरक्षा, निर्वाचनको तयारीका लागि भइरहेको कामका बारेमा छलफल गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा जानकारी लिन आयोग पुग्नुभएका गृहमन्त्री अर्यालले शान्तिसुरक्षा र मन्त्रालयले गरिरहेका कामका बारेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुसँग छलफल गरेका हुन् ।

सो अवसरमा गृहमन्त्री अर्यालले आयोगमा सञ्चालनमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको अवलोकन गरे । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी फागुन ३ गतेसम्म सञ्चालन भइरहेका निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु पmागुन ४ गतेपछि सञ्चालन हुने निर्वाचन प्रचारप्रसारका कार्यक्रममा सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयले गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार