प्रधानमन्त्रीद्वारा कृतज्ञता ज्ञापन

उज्यालो प्रतिनिधि २८ माघ २०८२, मंगलवार समाचार

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका निम्ति भारतबाट प्राप्त सहयोगका भारत सरकारप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग आज भएको भेटमा आगामी फागुन २१ गते विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न नेपाल सरकारलाई सवारीसाधनका साथै विविध सामग्री उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले राससलाई जानकारी दिए ।

प्रत्युत्तरमा राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र असल छिमेकीका नाताले सहयोग गर्नु भारतको कर्तव्य भएको बताए । साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थायित्व भारतका लागि पनि महत्वपूर्ण हुने उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार