१४ प्रतिशत जनसंख्या ओगटेका दलितलाई वेवास्ता गरे चुनाव हुँन दिन्नौः डा.निर्मल विश्वकर्मा

उज्यालो प्रतिनिधि १२ पुष २०८२, शनिबार समाचार

काठमाडौं । दलित गोलमेच अभियानले दलित समुदायको जनसंख्याको अनुपातमा सिट नदिने राजनीतिक पार्टीलाई वहिस्कार गर्ने चेतावनी दिएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ र पुराना सबै पार्टीले आफूहरुलाई वेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

दलित गोलमेच अभियानका संयोजक डा.निर्मल विश्वकर्माले पुराना पार्टीहरुले मात्रै नभएर नयाँ भनिएका पार्टीहरुले समेत दलित समुदायलाई वेवास्ता गरेको आरोप लगाएका छन् । विश्वकर्माले चुनावका सन्दर्भमा छलफल र वहस चलिरहँदा आफूहरुलाई वेवास्ता गरेकोप्रति आक्रोश व्यक्त गर्दै भने,“पुराना त पुरानै भए नयाँ भनिएका रवि, बालेन, कुलमानहरुलेसमेत हामीहरुलाई नजरअन्दाज गरिरहेका छन् ।”
अभियानका प्रवक्ता राजेश मयाल विक ‘अग्निशखा’ले ६० लाख दलितहरुलाई राज्यका नीति निर्माणका तहरमा प्रतिनिधित्व गराउनबाट रोक्ने षड्यन्त्र गरेको आरोप लगाए । राजनीतिक दलहरुले दलित हक–अधिारकारका विषय भाषणमा मात्रै सिमित राखेको बताउँदै भने,“हाम्रो १४ प्रतिशत जनसंख्यालाई भोट बैंककारुपमा मात्रै दुरुपयोग गरिरहेका छन् ।”

अभियानका सचिवालय सदस्य तारा विश्वकर्माले दलित र महिलाका लागि छुट्टै आरक्षित निर्वाचित क्षेत्र निर्धारण गरिनुपर्ने माग गरे । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनावको लागि शान्तिपूर्ण बनाउनपर्नेमा उल्टो काम गरेको बताउँदै भने,“चुनुवमा भाग लिन्छु भन्ने नेकपा विप्लव माओवादीको जन कम्युनमा प्रहरी लगाएर छापा मार्ने कार्य केबल चुनाव भाड्ने षड्यन्त्र बाहेक केही हैन, यसको घोर भत्र्सना गर्दछौं ।”

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सेवल राम महराले हरके किसिमका राजनीतिक परिवर्तनमा दलित समुदायको अग्रणी भूमिका र बलिदान भए पनि सत्तमा उनिहरुलाई पुग्न नदिएको आरोप लगाए ।
चमार कल्याण समाज नेपालका केन्द्रीय अध्यक्ष डा.दिनेश चमारले दलित तथा उत्पीडित समुदायलाई देशभरी कम्तिमा ३० वटा निर्वाचन क्षेत्रको सुनिश्चितता नगरिए सशक्त आन्दोलन गर्ने चतवानी दिए ।
दलितलाई नयाँ पुराना सबैले हेपे

 

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार