एक छोराको जीवन मृत्युबीच संघर्ष – सहयोगको अपिल

उज्यालो प्रतिनिधि २६ असार २०८२, बिहीबार फोटो समाचार

रोल्पा । रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका–४, सुलिचौरका १७ वर्षीय मार्बोन बिष्ट अहिले जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। केही दिनअघि साथीहरूसँग खोलामा नुहाउने क्रममा अचानक दुर्घटनामा परेका उनी गम्भीर घाइते छन्।

दुर्घटनापछि बुटवलको तिनाउ अस्पताल, त्यसपछि पोखराको फेवा सिटी हस्पिटलमा उपचारपछि हाल पोखराकै गण्डकी हस्पिटलमा गम्भीर अवस्थामै उपचार भइरहेछ। तर, पीडा यहाँ मात्र सीमित छैन—त्यो पीडामा थपिएको छ अभिभावकको आर्थिक बोझको कहालीलाग्दो भार।

मार्बोनका बुबा ओमप्रकाश बिष्टको अनुहारमा छोराको पीडाले चसक्क दुखेको छ। अहिले सम्म उपचारमा ठूलो रकम खर्च भइसकेको छ र अझै पनि धेरै खर्च लाग्ने अवस्था छ। छोरा बचाउने आशामा आकाशतिर हेर्दै आँखा रसाएका बाबु अहिले सबै नेपाली दाजुभाइ–दिदीबहिनीका करुण मनको ढोका ढकढक्याइरहेका छन्।

सुनिलस्मृति गाउँपालिका–४ नम्बर वडा कार्यालयले आधिकारिक पत्रमार्फत देश–विदेशमा रहेका सम्पूर्ण नेपाली, राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी र संघसंस्थालाई मार्बोन बिष्ट बचाउ अभियानमा आर्थिक सहयोग गर्न अपिल गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार