‘बालबालिकालाई आँखाको समस्याबाट जोगाउन प्रेरित गरौँ’

काठमाडौँ, विज्ञहरुले बालबालिकालाई आँखाको समस्याबाट जोगाउन बाहिरी वातावरणमा खेल्न प्रेरित गर्नुपर्ने सुझाव दिएका छन् ।
विश्व मायोपिया सचेतना सप्ताह (मे १९–२५) को सन्दर्भमा आँखारोग विशेषज्ञहरुले मायोपिया अर्थात् टाढा भएका वस्तुहरु हेर्न कठिनाइ हुने आँखाको समस्या हुन नदिन बालबालिकालाई स्क्रिनबाट टाढा राख्नुपर्ने बताए हुन् । यस वर्षको सचेतना सप्ताहको नारा ‘स्क्रिन तल, आँखामाथि’ अर्थात् स्क्रिन तल राखौँ, दृष्टि माथि उठाऔँ र मायोपियाबाट बचौँ रहेको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठानकी बाल आँखा रोग विशेषज्ञ डा सिर्जना अधिकारीले मायोपियाको समयमा नै पहिचान गर्नका लागि अनिवार्य दृष्टि परीक्षण गर्न जरुरी हुने बताए । उनका अनुसार प्रत्येक बालबालिकालाई एक पटक विद्यालय भर्ना गर्नुअघि अनिवार्य आँखा जाँच गर्न जरुरी छ ।
डा अधिकारीले बालबालिकाको समय–समयमा आँखा जाँच गर्नाका साथै प्रत्येक दिन बाहिरी वातावरणमा दुई घण्टा खेल्न प्रेरित गर्नुपर्ने सुझाव दिए । उनले भने, “मोबाइल र टिभी स्क्रिनबाट टाढा राख्ने र कम प्रयोग गराउने तथा हरेक २० मिनेटमा २० फिट टाढा २० सेकेन्ड हेर्ने बानी बसाल्नुपर्छ ।”
सप्ताहका अवसरमा तिलगङ्गाले काठमाडौँलगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्जिकल आँखा केन्द्रमा सचेतनात्मक कार्यक्रमको आयोजना गरेको छ । साथै प्रतिष्ठान परिसरमा सचेतना डेस्क, श्रव्यदृश्य सामग्री प्रदर्शन, सामाजिक सञ्जालको प्रयोगलगायत जिल्लाहरुमा रेडियोमार्फत पनि जनचेतना फैलाउने कार्य गर्दै आएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार