रोशी गाउँपालिकाले नवौं स्थापना दिवसमा रक्तदानका साथै उत्कृष्ट कर्मचारीलाई सम्मान

उज्यालो प्रतिनिधि २८ फाल्गुन २०८१, बुधबार बागमती

काभ्रे । जिल्लाको रोशी गाउँपालिकाले नवौं स्थापना दिवसमा रक्तदानका साथै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

मगलबार आयोजित कार्यक्रममा रोशी उत्कृष्ट सेवा पुरस्कार २०८१ सूचना प्रविधी अधिकृत प्रकाश पौडेललाई प्रदान गरियो । रोशी दीर्घ सेवा पदक कविराज मैनाली, रोशी सेवा पुरस्कार सुजता मैनाली, जितबहादुर तामाङ र कल्पना कुमारी किङरिङ मगरलाई प्रदान गरियो ।

गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवा, प्रवक्ता बसन्तकुमार तामाङ, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तना लागयतले उनीहरुलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मानित गरेका हुन् ।

गाउँपालिकाले आठौं तहमा स्तरवृद्धि भएका ठाकूरप्रसाद दाहाल, छैठौं तहमा चन्द्रावती श्रेष्ठ, तोरण राना क्षेत्री, पाचौं तहमा मधुसुदन पन्थी, सुनिल शाही र सुनिताकुमारी बस्नेतलाई बधाई तथा शुभकामना ज्ञापन गरियो ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीलाई यो अवस्था सम्म ल्याउन योगदान दिने पूर्व जनप्रतिनिधीहरु, कर्मचारीहरुप्रति आभार प्रकट गर्दै उत्कृष्ट घोषित कर्मचारीलाई बधाई ज्ञापन गरे ।

उपाध्यक्ष मिमबहादुर वाइवाले उत्कृष्ट घोषित कर्मचारीलाई बधाई ज्ञापन गर्दै उत्कृष्टता कायम हुने अपेक्षा गरे । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले सेवा प्रवाह, विकास निर्माण र नीति निर्माणमा जनप्रतिनिधीलाई सघाउँदै कर्मचारी अघि बढ्ने बताए ।

प्रवक्ता बसन्तकुमार तामाङले कार्यसम्पादनमा उत्कृष्टता कायम गर्दै जनताको सेवामा लाग्न अनुरोध गरे । लेखा अधिकृत दण्डपाणी पौडेलले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधी, कर्मचारीको उपस्थिती थियो ।

स्थापना दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनासहित १९ जनाले रक्तदान गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार