विभिन्न पार्टी परित्याग गरी खानीखोला–४ का सयौँजना माओवादी केन्द्रमा प्रवेश

उज्यालो प्रतिनिधि २५ श्रावण २०८२, शनिबार बागमती

काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिका वडा नं. ४ का विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र खानीखोला–४ कमिटिले आयोजना गरेको भ्याली सम्पर्क समितिको भेला तथा प्रशिक्षणमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संघीय सांसद सुर्यमान दोङ, माओवादी केन्द्र बागमती प्रदेश समितिका सचिव एवं खानीखोला गाउँपालिका सरकार प्रमुख इन्द्रबहादुर थिङ, संघीय सांसद उर्मिला माझी, काभ्रे जिल्ला संयोजक भोला अर्याल, बागमती प्रदेश सचिवालय सदस्य दैवलाल घिसिङ, मिना पाख्रिन लगायतले स्वागत गरे ।

सहरी क्षेत्रमा विभिन्न पेशा व्यवसायमा रहेका माओवादी केन्द्र सम्बद्ध नेता कार्यकर्ताहरुको लागि शनिबार भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा माओवादी प्रवेश गर्नेहरुमा कमल घलान्, हिरा हिम्डुङ, सरोज स्याङतान, दिलनाथ लोप्चन लगायत सयौँजना छन् ।

‘खानीखोलामा माओवादी नेतृत्वको सरकारले गरेको काम देखेर सयौँजना अन्य पार्टीका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्नुभएको छ’ प्रवेशपछि वडा नं. ०४ का अध्यक्ष निशान मोक्तानले भने, ‘उहाँहरुले माओवादीलाई गरेको विश्वास हामी टुट्न दिँर्दैनौँ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार