रोल्पामा सुतेकै अवस्थामा शिक्षकको मृत्यु

डिबि संघर्ष २३ पुष २०८१, मंगलवार समाचार

रोल्पा । यहास्थित सुनिलस्मृती गाउँपालिका–६, गजुल दलंगाका ३३ वर्षीय शिक्षक तारानाथ थापाको सुतेकै अवस्थामा मृत्यु भएको छ। राष्ट्रपतिको रनिङ शिल्ड प्रतियोगिताका लागि आफ्ना विद्यालयका विद्यार्थीहरूलाई केही शिक्षकहरूसँगै लिएर सुलिचौरमा कोठा लिएर बसेका थापाको आज बिहान निधन भएको हो।

थापा बिहान ३ बजेतिर उठेर फेरि ६ बजे उठ्ने भन्दै सुत्न गएका थिए। तर, उनी त्यसपछि उठेनन्। साथीहरूले बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उनलाई मृत अवस्थामा फेला पारिएको हो।

इलाका प्रहरी कार्यालय सुलिचौरका इन्स्पेक्टर अरुण तामाङका अनुसार, मृतक थापाको शरीरमा कुनै प्रकारको चोटपटक देखिएको छैन। घटना शंकास्पद नभए पनि मृत्युको यकिन कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको छ। शवलाई पोस्टमार्टमका लागि तयारी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ।

तारानाथ थापाका बुवा दिलबहादुर थापाले छोराको असामयिक निधनले परिवार र गाउँमा ठूलो शोक परेको बताएका छन्। उत्कृष्ट शिक्षकका रूपमा चिनिएका थापाको निधनले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार