दुवै मृर्गौला फेल भएका आफ्नो श्रीमानलाई बचाइदिन श्रीमती ललिता सुनारको अपिल

डिबि संघर्ष १४ श्रावण २०८१, सोमबार समाचार

रोल्पा । सुनिलस्मृती गाउँपालिका वडा नम्बर -०६ गजुल पानीपोखरा स्थायी बसोबास गर्ने खम्मे सुनारको साहिलो छोरा बर्ष ४७ को सिताराम सुनार रोजगारीको सिलसिलामा भारतको गुजरातमा राज्यमा बिगत दुइदशक देखि गेस्टहाउसमा हेल्परी कामगर्दै आएका थिए ।

अचानक गत मंसिरमा हातखुट्टा सुनिएपछी hospital चेकजाँच गराउदा दुबै किड्नी फेलभएको रिपोर्ट देखियो । त्यसपश्चात पाँच महिना सम्म भारतमै डाइलेसिस भयो साथै स्वास्थ्यमा केही सुधार पनि आइरहेको थियो । आर्थिक स्थिति कम्जोर भएको कारण आफन्त दाजुभाइ इस्त मित्रबाट सापती लिदै उपचार गराउदै गर्दा नेपाली रुपैयाँ आठ/नौ लाखजती खर्छ भैसक्यो । आफन्त र,रिनगरेको पैसाजती सबैसके पछि सितराम लाई आफ्नो जन्मभुमी आफ्नै घरमा ल्याइयो ।

घरमा आएपछी पाँच /सात दिनजती स्वास्थ्यममा हल्काफुल्का सुधार देखिएको थियो त्यस्पछी अचानक स्वास प्रस्वासमा समस्या देखिएपछी उक्तबिरामिलाइ । गत बैशाख महिनादेखी राप्ती स्वास्थ्य बिज्ञान प्रस्तिस्ठान दाङमा थप उपचार र डाइलेसिस भैरहेको छ । हप्तामा दुइपटक डाइलेसिज गर्नुपर्ने पालो रहेकोछ,त्यसैले अहिले बिरामी सितारम सुनार लाई आफ्नो श्रीमती ललिता सुनार ले बि पि चोक नजिकै एउटा कोठा भाडामा लिएर आफ्नो श्रीमानको डाइलेसिज गराइरहेकिछिन ।

अचानक गत बिहिवार रातिदेखी बिरामी सितारामको स्वास्थ्य स्थिति नाजुक भएपछी इमेर्जेन्सी वार्डमा राखिएको थियो । इमेर्जेन्सी वार्डमा दुइ दिनसम्म राख्दा पनि केही सुधार न आएपछी आइतबार देखि भेन्डिलेटरमा राखिएको छ।

आर्थिक स्थिति कमजोर भएको कारण श्रीमानको डाइलेसिज र भेन्डिलेटरको पैसा कसरी जुताउने भनेर दिनरात चिन्तामा दुबेकी छिन् । श्रीमान सिताराम सुनार लाई थप उपचार गर्नुपर्ने भएको हुँदा आर्थिक सहयोग गरिदिनुहुन विभिन्न संघसंस्था, देश बिदेशमा रहेका आफन्त, दाजुभाइ,तथा दिदिबहिनीहरुलाइ अनुरोध गरेकी छिन् ।

इच्छुक सहयोग गर्न चाहानुहुने सहयोगी दाताहरुले तल दिएको फोन नम्बर अर्थात ग्लोबल आइ एमइ बैंक खातामा सहयोग गर्न सक्नु हुने छ ।
श्रीमती नाम ललिता सुनार सम्पर्क नम्बर 986-5290062
ग्लोबल बैंक एकाउन्ट नम्बर 08207010160407
अन्य जानकारीको लागि फोन: 9840873112

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार