लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

उज्यालो प्रतिनिधि ६ बैशाख २०८१, बिहीबार समाचार

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका छन्। न्यादीले प्रतिकित्ता रु एक सयका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता शेयर निष्कासन गर्दैछ ।

उक्त शेयरको रु तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चार सय बराबरको शेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग शेयर प्रत्याभूतिको कार्य गरिसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार