नाईट्राभेट ट्याब्लेट सहित लमहीबाट चारजना पक्राउ

शिवु खनाल २९ फाल्गुन २०८०, मंगलवार समाचार

देउखुरी । लमहीको न्यूरोडबाट लागुपदार्र्थ सहित दुईजनालाइ प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका वडा नम्बर ३ वनगाउँ निवासी ३० वर्षीय प्रकाश वली र लमही नगरपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय यमबहादुर बस्नेतलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार गत आइतवार विहान नौबजे न्यू हिरा मोटरसाईकल वर्कसपमा संकास्पद रुपमा बसिरहेको प्रकास वलिको शरिर खनतलासी गर्दा एक पत्ता नाईट्राभेटमा बाँकी रहेको १२ ट्यटब्लेट सहित फेला पारी आवश्यक सोधपुछका लागि नियन्त्रणमा ल्याइएको थियो ।

सोधपुछपछि यमबहादुर बस्नेतबाट खरिद गरेको बताएपछि बस्नेतकोे घर खानतलासी गर्दा ९ फाईलमा एकसय ३५ ट्याब्लेट नाईट्राभेट र ८ फाईलमा ६४ क्याप्सुल सहित बरामद गरि दुबै जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको छ । पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत घोराही दाङबाट सात दिनको म्याद थप गरि आबश्यक अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले बताए।

यस्तै मंगलवार विहान एकबजे दुइजनालाई लागुपदार्थ सहित दुईजनालाई पक्राउ गरेको छ । लमही बसपार्क स्थित संकास्पदरुपमा बसिरहेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ सुन्दरनगर निवासी १९ वर्षीय अरुण गाइनबाट ४ ग्राम १३० मि।ग्राम र सोही ठाउँनिवासी २२ वर्षीय सुदिप बिकको साथबाट २ ग्राम ५२० मि।ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो रंगको डल्लो पदार्थ फेला परेको थियो । उनिहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार