देउखुरी डान्सिङ् स्टार सिजन पाँचको फाइनल फागुन १९ गते हुदैँ

शिवु खनाल १३ फाल्गुन २०८०, आईतवार समाचार

देउखुरी । देउखुरी स्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन पाँचको फाइनल कार्यक्रममा चर्चित पप गायिक एञ्जिला रेग्मी आउने भएकी छिन् । सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि–टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरी स्तरीय देउखुरी डान्सिङ् स्टार सिजन पाँच लमहीमा सुरु भएको थियो । उक्त कार्यक्रम यही फागुन १९ गते समापन हुदैँछ ।

 

पहिलो चरणको कार्यक्रममा दुइसय जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यसमध्य दोस्रो चरणको लागि एकसय विसजना छनोट भइ फाइनलमा पन्ध्रजना प्रतियोगीहरु प्रवेश गरेको डि–टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिनुभयो । कार्यक्रममा निर्णायकको रुपमा लोकेन्द्र शाह र प्रकाश सोनी रहने छन् ।
फाइनल कार्यक्रम लमहीको सार्वजनिक बगैँचामा फागुन १९ गते शनिवार हुने भएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क एकसय रुपैँया कायम गरिएको डि–टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिनुभयो । सोही दिन विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने उनले बताए।

 

फाइनल कार्यक्रममा प्रथम प्रतियोगीलाई नगद रु पचाँस हजार, दितृय प्रतियोगीलाई नगद रु तिस हजार र तृतिय प्रतियोगीलाई नगद रु विस हजार पुस्कारको साथमा अन्य प्रतियोगीहरुलाई प्रमाणपत्र सहित सम्मानित गरिने यस कार्यक्रमका संयोजक सुरेश पन्थीले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार