एकताको सन्देश सहित उत्तर लामाको नयाँ र्‍याप गीत बजारमा सार्वजनिक

उज्यालो प्रतिनिधि २० माघ २०८०, शनिबार संगीत

काठमाडौं । तामाङ समुदायको पहिलो र्‍याप  गायक उत्तर लामा संगुलले तामाङ एकताको सन्देश सहित नयाँ र्‍याप गीत बजारमा ल्याएको छ ।

विशेषगरी घोचपेच,आरोप/प्रत्यारोप अनि छाडा शब्दमा रम्दै आएको पछिल्लो युवा पुस्तालाई गायक लामाले अभिभाकत्व सहित हामी एक हुनुपर्छ भन्ने आह्वन सहित नयाँ र्‍याप गीत बजारमा ल्याएको छ ।

भिडियोमा गायक लामालाई तामाङ समुदायको चर्चित नायक कुमार मोक्तानसंगै सुस्मिता मोक्तान, लमिन थिङ, राजु थिङ लगायतका कलाकारहरुले साथ दिएका छन् भने शब्द संगीत भने गायक लामाकै रहेको छ । भिडियोको निर्देशन प्रतीक ङ्यासुरले गरेका छन् ।

अधिकांश र्‍याप गीतहरुमा छाडा शब्द अनि अरु माथि डिस हान्ने नाममा घोचपेचले समाज नकारात्मक हुदै गइरहेको समयमा यस गीतले भने सकारात्मक सन्देश दिने मात्रै नभइ तामाङ एकताको लागि समेत टेवा पुर्याउने विश्वास भिडियो निर्माण टिमले लिएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार