बिमितको रकम नै दिँदैनन्, युनाइटेड अजोड इन्स्योरेन्स [भिडिओसहित]

उज्यालो प्रतिनिधि २९ आश्विन २०८०, सोमबार उज्यालो फोकस

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले बिमितको रकम नै नदिने गरेको पाइएको छ । साविकको युनाइटेड र अजोड इन्स्योरेन्स मिलेर बनेको युनाइटेड अजोड इन्स्योरेन्सले बिमितको रकम भुक्तानी नगर्ने गरेको पाइएको हो ।

‘युनाइटेड बाइ ट्रस्ट’ भन्ने मीठो नारा दिएर बिमा गर्न आकर्षित गर्ने युनाइटेड अजोडले बिमितको रकम भने दिँदैनन् । यतिसम्मकि बिमा कम्पनीहरुको नियामक निकाय बिमा प्राधिकरणको फैसलालाई समेत टोकरीमा फालेर बिमितलाई हैरानीमा पारेको तथ्य खुलेको छ । यसमध्येको एउटा घट्ना यहाँ प्रस्तुत गरिएको छ ।

के हो घट्ना ?
२०७८ साल असार २९ गते परेको भीषण वर्षाका कारण काठमाडौंको बुढानिलकण्ठमा रहेको एउटा मसला उद्योगमा (जसको नाम गोप्य राखिएको छ) बाढी पस्यो । जुन मसला उद्योगको तत्कालीन अजोड इन्स्योरेन्स हालको युनाइटेड अजोड इन्सयोरेन्समा बीमा भएको थियो ।

भीषण वर्षातसँगै आएको बाढीका कारण मसला उद्योगभित्र रहेको मसला, आलु, आलु चिप्स लगायतका मसलाजन्य दाना र पाउडरहरु जस्ता तयारी तथा कच्चा स्टकतर्फ झण्डै १ करोड २० लाखको क्षति भएको बिमितको दावी थियो ।

वर्षात्का कारण उद्योगको भवनको पर्खालमा समेत क्षति पुगेको थियो । क्षतिग्रस्त पर्खालमा बाढी पसेर नै उद्योगभित्र थप क्षति पुगेको थियो । मूल्यांकनअनुसार भवनतर्फत झण्डै १० लाख बराबरको क्षति भएको बिमितको दावी थियो ।

क्षतिपछि बिमक अजोड इन्स्योरेन्सले सर्भेयर वसन्त देवकोटालाई स्थलगत निरीक्षण र मूल्यांकन प्रतिवेदन तयार पार्नका लागि खटाए । सर्भेयर देवकोटाले उद्योगमा जम्मा ३ लाख १४ हजार मात्रै क्षति भएको प्रतिवेदन तयार पारे । सर्भेयरको प्रतिवेदनमा बिमितले चित बुझाएनन् ।

इन्स्योरेन्स कम्पनीमा गएर बिमितले पटक पटक आफ्नो उद्योगमा भएको क्षति अनुसार सर्भे गरेर फेरि तयार गर्न आग्रह गरे । तर, बिमक युनाइटेड अजोडले हुकुमी शैलीमा ३ लाख १४ हजार रुपियाँ लिने भए लिन र नलिने भए सकेको गर्न भन्दै निरन्तर झपारे ।

त्यसपछि बिमित मसला उद्योग उजुरी लिएर २०८० साल मंसिर २६ गते बिमा प्राधिकरण पुगे ।

त्यसपछि सुरु भयो, बिमा प्राधिकरणमा पक्ष र विपक्षमा बहस । निरन्तर झण्डै दुई वर्षपछि बिमा प्राधिकरणबाट फैसला भयो । जसमा लेखिएको छ, ‘बीमित सम्पति क्षतिको हकमा सर्भे प्रतिवेदनमा आंशिक क्षति भनी गरिएको मूल्यांकनलाई मान्यता दिन नमिल्ने भई सोको हकमा पूर्ण क्षति अन्तर्गत् () मूल्यांकन गरी हुन आउने रकम बीमितलाई भुक्तानी गर्न भनी बीमा ऐन, २०७९ को दफा १२८ को उपदफा (३) को खण्ड (घ) बमोजिम बीमक श्री युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड (साविक अजोड इन्सयोरेन्स कम्पनी) को नाउँमा आदेश जारी हुने ठहर्छ ।’

प्राधिकरणले यो फैसलाअघि स्मरण पनि गराएको छ, बाढीको कारण क्षति भएको पुष्टि हुने अवस्थामा आंशिक क्षति भनी सर्भे प्रतिवेदनमा गरिएको कटौती तथा कम मूल्यांकन मान्य नहुने भनी साविकको श्री बिमा समितिबाट मिति २०७९ साल माघ ०६ गते युनाइटेड डिस्ट्रब्युटर्स नेपाल प्रा.लि.को तर्फबाट विवेक अग्रवाल विरुद्ध युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) हालको युनाइटेड अजोड इन्स्योरेन्स भएको अग्नि बीमा दावी मुद्दामा समेत निर्णय भइसकेको देखिन्छ ।

तर, यति स्पष्ट आदेश हुँदा हुँदै पनि बिमक युनाइटेड अजोड इन्स्यारेन्सले भने बिमितको रकम दिन मानेको छैन । युनाइटेड अजोड इन्स्यारेन्सले प्राधिकरणको निर्णय मान्न जरुरी नभएको गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् । युनाइटेड अजोड इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले बिमा प्राधिकरणको निर्णय मान्न जरुरी नभएको बताए । ‘बिमा प्राधिकरणको निर्णय तपाईहरुले मान्नुपर्छ कि पर्दैन ?’ उज्यालो नेटवर्कको प्रश्नमा उनले भने, ‘जरुरी छैन ।’

। यसबारे हामीले युनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठसँग पनि कुराकानी गरेका छौँ । उनले बिमा प्राधिकरणले एकपक्षीय फैसला गरेको र आफूहरु बिमा प्राधिकरणसँग छलफल गरिरहेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार