क्रिस भुर्तेल
पर्वत । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वत जिल्ला बाट गठबन्धन को तर्फबाट उम्मेदवारी दिएका अर्जुन प्रसाद जोशी ले यो गठबन्धन जनताको अधिकार र रक्षाको लागि बताएका हुन। पैयु गाउँपालिका वडा नं ५ मा आयोजित कार्यक्रममा बोल्दै जोशि ले सोहि कुरा बताएका हुन।
जोशि ले एमाले ले जस्तो गठबन्धन ले झुट बोल्न नपाउने कुरा पनि सोहि कार्यक्रममा बताएका हुन। जोशि भन्छन् २०७४ सालमा निर्वाचित भएका सांसद हरु भन्दा आफु पैयु गाउँपालिका वडा नं ५ मा धेरै पटक आएको दावि गरेका हुन। उनले सोहि कार्यक्रममा बोल्दै उनले निर्वाचित भएका सांसद ले भन्दा आफुले बढि काम गरेको समेत दावि गरेका छन।
२०५६ सालदेखि पर्वतबाट विजयी हुदै आएका जोशि ले २०७४ सालमा पर्वतबाट पराजय भोग्नुपरेको हो। उनले पर्वतको पैंयू गाउँपालिका वडा नं ४ र ५ मा गत स्थानिय निर्वाचन मा गठबन्धन का उम्मेदवार हरु पराजय हुनु मा आपत्ति जनाएका छन्। उनले आसन्न मङसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन मा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनको लागि कार्यकर्तालाई निर्देशन दिएका छन्।
जोशिले काङ्ग्रेसका कार्यकताले कम्युनिष्ट पार्टिलाई मतदान गर्दा हात कमाउन नहुने समेत बताएका छन्।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






