खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस

उज्यालो प्रतिनिधि २८ भाद्र २०७९, मंगलवार समाचार

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज बाँके निर्वाचन क्षेत्र नं.१ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराजसँगै सात जनाको नाम सिफारिस गरेको पार्टीका जिल्ला संयोजक डम्बर विकले जानकारी दिए । उनका अनुसार मन्त्री गहतराजसँगै लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नेताहरु नरेन्द्र न्यौपाने, नरबहादुर केसी, प्रकाश सुवेदी, ओमप्रकाश केसी र अशोक रोकायको नाम सिफारिस भएको छ ।

मन्त्री गहतराजले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेकपा (एमाले)सँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो । उनले दोस्रोपटक यही क्षेत्रबाट उम्मेदवारको आकाङ्क्षा देखाउनुभएको छ । गत निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित हुनुभएकी कृष्णा पनि यसपटक प्रतिनिधिसभामा आकाङ्क्षी हुनुहुन्छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार