देउखुरी । राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका हाल लमही निवासी सम्झना बुढा मगरले क्यान्सर पिडित दिदी कमला कुमारी बुढालाई बचाइदिन अपिल गरेकी छिन् । सम्झनाको दिदी कमला कुमारी बुढा क्यान्सरको समस्याले ग्रसित छिन् । दिदी बचाउने आशामा उपाएको विकल्प स्वरुपम सम्पूर्णमा आर्थिक सहयोगको याचना गरेको हो ।
यसरी दिदिलाई एक्कासी ठुलो रोगले सताउँदा आफुहरु थप बिचल्ली बनेको बहिनी सम्झनाले बताए। अन्य विकल्प केही भइन, उपचार गर्ने कुरा त कहाँ हो कहाँ, कसरी दिदि बचाउनु पर्ने हो ? , सम्झनाले भनिन्, कुनै विकल्प नभएपछि आफुले आर्थिक सहयोगका लागि हात फैलाउनु पर्ने अवस्था आएको हो ।
रोजी स्कुलद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका हाल लमही निवासी क्यान्सर पिडित कमला कुमारी बुढालाई आर्थिक सहयोग भएको छ । देउखुरीको लमही स्थित रोजि बड्स बालबाटिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थीबाट संकलन भएको रकम विद्यालयले पिडित बुढा मगरलाई हस्तान्तरण गरेको हो ।
ब्रेन ट्युमर जस्तो प्राणघातक रोग बाट लड्दै लड्दै उनी अहिले क्यासर रोगसंग लडिरहेकी छन् । बुढा मगरको उपचारमा समस्या आएको समाचार सार्वजनिक भएपछी देउखुरीका सामाजिक संघ संस्थाहरुले सक्दो आर्थिक सहयोग गर्दै आएका छन् ।
मानविय नाताले आर्थिक सहयोग गरौं भनेर विद्यालयमा कार्यरत शिक्षकबाट ७ हजार ८ सय ४० रुपैयाँ र सोही विद्यालयमा अध्ययनरत छात्र तथा छात्राबाट २६ हजार ३ सय ९३ रुपैयाँ गरेका थियौं, सबै जम्मा गर्दा ३४ हजार २ सय ३३ रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक राजु यादवले जानकारी दिए ।
दुस्खमा परेका जोकोहीलाई पनि सकेको सहयोग गरौं, मानवियताका आधारमा सबैले सहयोग गरौं भन्ने भावनाको विकास होस भन्ने सोचले आर्थिक सहयोग गरिएको रोजी बड्स बालबाटिका माध्यामिक विद्यालय कक्षा १० का छात्र शिशिर खड्काले बताए ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






