बसले किच्दा देउखुरीमा तीन वर्षिया बालिकाको मृत्यु

शिवु खनाल १४ श्रावण २०७९, शनिबार समाचार

देउखुरी ।  विद्यालयको बसले किचेर दाङमा एक स्कुले बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर उत्तर टोल निवासी भिमसेन थापाकी तीन वर्षिया छोरी पुजा थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

शुक्रबार बेलुका पौने पाँच बजेको समयमा पुजा अध्ययनरत न्यु मुनराइज इङ्लिस बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले झर्ने क्रममा पछाडीको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि लमही अस्पताल लगिएको र अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

पुजालाई किच्ने विद्यालयको बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता रिजालले जानकारी दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार