झापामा आगलागी हुँदा छ घर जलेर नष्ट

उज्यालो प्रतिनिधि ४ श्रावण २०७९, बुधबार समाचार

झापा ।  झापाको झापा गाउँपालिका वडा नम्बर ५ सिमलडाँगीमा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन्।बुधबार बिहान करिब तीन बजे अब्दुल करिम अलीको घरमा बिजुली सर्ट भई आगलागी भएको थियो।

आगलागीले अब्दुलका छिमेकमा रहेका अन्य पाँच घर पनि जलेको छ।अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर जलेको प्रहरीले बताएको छ।आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएको तथा अन्नपात, लत्ताकपडालगायत विभिन्न सामग्री पनि जलेको प्रहरीले जानकारी दिएको छ। स्थानीयहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार