म्यानपावर संचालक गुरुङले पत्रकार कुशलभ विरुद्ध मिडियाबाजी !

उज्यालो प्रतिनिधि ३ श्रावण २०७९, मंगलवार फोटो समाचार

 

काठमाडौं ।   वैदेशिक रोजगार जानेक्रममा ठगि परेका युवाहरूको गुनासो सुनेर महाराजगन्जस्थित नासा ह्युमेन रिसोर्सेसको कार्यालयमा रिपोर्टिङ गर्न पुगेका पत्रकार कुशल खत्रि (कुशलभ) विरुद्ध विभिन्न भ्रमक समाचार लेखाएर चरित्र हत्या गर्ने प्रयास गरेको बताएको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका म्यानपावर संचालक युवाराज गुरुङले आफ्नो कार्यालयमा आएर हुलहुज्जत गरेको भन्दै पत्रकार कुशलभ विरुद्ध केही मिडियाहरुमा प्रहरीबाट फरार रहेको भन्दै समाचार लेखाएका छन् ।

हामीले यस विषयमा खत्रीसंग बुझ्दा आफुलाई कुनै पनि किसिमको प्रहरीमा उजुरी परेको सूचना नआएको र पत्रकारले रिपोर्टिङ गरेकै भरमा प्रहरीले मेनपावर व्यवसायीको पछाडि लागेर दुख नदिने कुरामा ढुक्का रहेको बताए । साथै प्रेस काउन्सिलले स्पष्टीकरण सोधिएको र उनले पर्याप्त प्रमाणसहित जवाफ पठाएको बताए ।

प्रहरी वृत्त महाराजगन्जका डिएसपी प्रबेश विष्टका अनुसार म्यानपावर संचालक गुरुङले नासा ह्युमेन रिसोर्सेज प्रालिभित्र छिरेर तोडफोड तथा दुर्व्यवहार गरेको भन्दै उजुरी गरेको तर पत्रकार खत्री विरुद्ध उजुरी परेको वा नपरेको विषयमा आफुलाई जानकारी नभएको बताए । उक्त घट्नालाई लिएर केही व्यक्ति पक्राउ भइसकेकाले प्रहरीले छानबिन गरिरहेको जानकारी गराएका छन् ।

म्यानपावर कम्पनीले साउदीको रेडजोनमा परेका एक कम्पनीमा पठाई ४९ जना नेपालीहरुलाई अलपत्र बनाएपछि केही पीडित नेपालीहरु नेपाल फर्केर गुरुङ विरुद्ध वैदेशिक विभागमा उजुरी गरेका थिए । गुरुङसंग पीडितहरुले क्षतिपूर्ति माग्दा लामो समयदेखि दिन्छु दिन्छु भन्ने तर मुखले मात्रै दिएपछि रत्न बहादुर अधिकारीको नेतृत्वमा गएका पीडितहरुसंग म्यानपावर संचालकको विवाद भएको थियो ।

राजनीतिक रुपमा पहुँच भएका गुरुङले पीडितलाई पैसा दिनुको सट्टा विभिन्न मिडियामा पत्रकार कुशलभ र पीडितहरु विरुद्ध मिडियाबाजि गर्नेदेखि कार्यालय तोडफोड गर्यो भन्दै प्रहरीमा उजुरी दिएर तर्साउन खोजेको पीडितहरुको आरोप छ ।

हामीले पीडितहरुसंग बुझ्दा उनिहरुले आफुहरुले वैदेशिक विभागदेखि प्रहरी प्रशासन सबै ठाउमा हारगुहार गर्दा पनि न्याय नपाए पछि मिडिया बोकेर म्यानपावर पुगेको तर संचालकले विभिन्न लान्छना लगाएर प्रहरी प्रयोग गरेर सोझो पीडितहरुलाई लखेट्ने काम गरेको बताए । हामीले यश विषयमा बुझ्न गुरुङलाई सम्पर्क गर्दा सम्पर्क भएन ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार