इसाईलगायत सबै धर्मको अभिभावकत्व प्रदान गर्छु : प्रदेश प्रमुख

कर्णाली ।  कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएको छ । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान रहेको बताए । “मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो”, उनले भने, “नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्नेछु ।”

प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली प्रदेशमा बसोबास गर्ने सबै इसाई धर्मावलम्बीहरूलाई आसन्न २५ डिसेम्बर मनाइने ख्रीष्टमस बडादिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरे । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिता माओवादीको एजेण्डा भएकाले यसले सबै वर्गको अधिकार सुनिश्चितताका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताए ।

मुलुकका अल्पसङ्ख्यक, सीमान्तकृत वर्ग, धर्म, जाति भाषाभाषीको नेतृत्व माओवादीले गर्दै आएको जनाउँदै उहाँले इसाई धर्मावलम्बीहरूको समस्या समाधानमा निरन्तर प्रयास गर्ने बताए । जनजागरण पार्टीका केन्द्रीय अध्यक्ष डा बिपी खनाल फौजादारी संहिताको परिच्छेद–९ को दफा १५८ ले हामी सबैलाई अपराधी बनाएको टिप्पणी गरे । अध्यक्ष डा खनालका अनुसार सत्ताको वरिपरि बसेकालाई परिवर्तन भएजस्तो लागे पनि नागरिक तहमा त्यसो हुनसकेको छैन ।

नेपाली ख्रीष्टिय समाजका केन्द्रीय महासचिव डिल्लीराम पौडेलले मुलुकको विकासमा इसाईहरूको अग्रणी भूमिका रहेको जनाए । उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी सुर्खेत अध्यक्ष मोहनसिंह बडुवाल, जनता समाजवादी पार्टी सुर्खेतका अध्यक्ष फत्ते सोती मगर, अखिल नेपाल क्रान्तिकारी महिला सङ्घका प्रदेश संयोजक हरिमाया शर्मा, नेपाल राष्ट्रिय ख्रीष्टियन महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदम गैरे, नेकपा (एमाले) वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि नीलकण्ठ खनाल, अधिवक्ता चेतबहादुर आलेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थिए ।

उज्यालो नेटवर्कको अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार