काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नुवाकोट- काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा सुदीप अधिकारी सर्वसम्मत चयन भएको छ ।सातौं सम्मेलनबाट सर्वसहमतिमा ७ सदस्य पदाधिकारी सहित ५५ सदस्यीय समिति गठन गरेको छ । माननीय शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न गर्दै भेला बन्दसत्रमा प्रवेश गरेको थियो ।
बन्दसत्रले सर्वसम्मत सुदीप अधिकारिको अधक्ष्यमा सात पदाधिकारी सहित ५५ सदस्यीय काठमाडौं नुवाकोट सम्पर्क समन्वय मञ्चको गठन गरेको हो ।अधक्ष्यमा सुदिप अधिकारी , उपाध्यक्षहरुमा रुद्र ढुंगेल , शेरबहादुर तामाङ , सुविना तामाङ सचिवमा बिनोद न्यौपाने , कोषाध्यक्षमा श्री प्रसाद घिमिरे र सह(सचिवमा प्रकाश रैला निर्विरोध निर्वार्चित भएका छन् ।
आसन्न निर्वाचनलाई पार्टीलाई जिताउने दृढसंक्कल्प गर्दै अध्यक्ष मण्डलले काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेसा(व्यवसायमा आवद्ध रहेका नुवाकोटवासी लाई एकतावद्ध तरिकाले विभिन्न पार्टी गतिविधिमा समावेश गर्दै निर्वाचनको तयारीमा जुट्ने कुरा नवनिर्वाचित अधक्ष्य सुदिप अधिकारीले बताएका छन् ।
काठमाडौं( नुवाकोट सम्पर्क समन्वयन मञ्चले निर्वाचनमा खेल्ने भुमिका महत्वपुर्ण रहेको र त्यसले जनतालाई लामवद्ध गर्ने कुरामा पार्टी विश्वस्त रहेको कुरा प्रमुख अतिथि शिक्षा मन्त्री देवेन्द्र पौडेलले आफ्नु धारणा ब्यक्त गरेका थिए ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।






