लमहीमा ग्लोबल डाईग्नोष्टिक प्रालिको शाखा बिस

शिवु खनाल १९ भाद्र २०७८, शनिबार समाचार

दाङ ।  ग्लोबल डाईग्नोष्टिक प्रालिले लमहीमा शाखा बिस्तार गरेको छ । यसअघि घोराहीबाट निरन्तर ल्याब सेवा प्रदान गर्दै आएको ग्लोबल डाईग्नोष्टिक प्रालिले शनिबारबाट विधिवत रुपमा सेवा सुचारु गरेको छ ।

संस्थाका संचालक चन्द्रप्रकाश आचार्यको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा लमही अस्पतालकि मेडिकल सुपरिटेन्डेन्ट रञ्जिता महतो, औषधी व्यवसायी संघ दाङका अध्यक्ष विष्णु प्रसाद पौडेल, लमही उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, गोविन्द रेग्मी, बद्री खड्का, गोपालराज शर्मा पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थिए ।

ग्लोबल डाईग्नोष्टिक प्रालिले बायोकेमेष्ट्री अन्तर्गत सुगर, कोलेष्ट्रोल बोसो, मृगौलाको जाँच, दिसा पिसाब जाँच, हेमेटोलोजी अन्तर्गत रगत जाँच, माईक्रो बायोलोजी सम्बन्धि सेवा, तथा विशेष परिक्षणमा थाईराईड, भिटामिन डी, बी१२, लगायत सबै परिक्षण आधुनिक प्रविधि र दक्ष जनशक्तिबाट हुने संचालक सेचन पौडेलले जानकारी दिए ।

देउखुरी क्षेत्रमा विश्वसनीय र सहज सुविधायुक्त ल्याब नहुँदा नागरिकलाई सदुरमुकाम वा जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । संचालकत्रय सेचन पौडेल, चन्द्र प्रकाश आचार्य, तारा गिरीले देउखुरीबासीलाई सहज र विश्वसनीय सेवा दिन लमहीबाट सेवा शुरु गरेका हुन् । संचालक तारा गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण किशोरचन्द्र गौतमले गर्नुभएको थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार