अघिल्लो सरकारले संरचना नवनेरै लोकप्रिय कमाउन देउखुरीमा मन्त्रालय सार्याे : मन्त्री चौधरी

शिवु खनाल १६ भाद्र २०७८, बुधबार समाचार

दाङ ।  लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले अघिल्लो सरकारले तयारी विनानै दाङ मन्त्रालय सारेको बताउनु भएको छ । थारु कल्याणकारिणीसभा देउखुरीले लमहीमा आयोजना गरेको स्वागत कार्यक्रमलाई शम्बोधन गर्दै मन्त्री रिजालले लोकप्रीयताको नाममा मन्त्रालय दाङ ल्याएपनि संरचना कुनै नवनेको काममा समस्या आएको बताए ।

अघिल्लो सरकारले तयारी नगरी मन्त्रालय सारेको रहेछ, काम केहि पनि भएको छैन, संरचना नवनेरै लोकप्रीयता कमाउन खाजेको देखियो, मन्त्री चौधरीले भने । स्थायी राजधानी दाङ देउखुरी नै भएकाले विस्तारै सबै काम दाङबाट हुने मन्त्री चौधरीको भनाइ थिए । भौतिक संरचना निर्माण गर्ने काम भइरहेको भएपनि उक्त स्थानबाट प्राविधिक समस्याका कारण काम गर्न समस्या भएको थिए ।

यहाँहरुले मिडियामा राजधानी फेरी उटेर बुटवल गयो भनेर जान लागयो की भन्ने जिज्ञासा राख्नु भएको छ, ढुक्क हुनुस राजधानी कहि जादैन, देउखुरी ने हो हुन्छ, कार्यान्यवन कै चरणमा छ । दाङ देउखुरीमा राजधानी बनाउनको लागि आफुले पार्टीको ह्वीप उल्ङ्घन गरेर पक्षमा मतदान गरेको स्मरण गराउँदै राजधानी दाङ लयाउने सवालमा संका नगर्न उहाँले आग्रह गनुभयो । थारु कल्याणकारीणीसभा देउखुरीका अध्यक्ष चेतराम चौधरीको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मन्त्री चौधरीले देउखुरी उपत्यकालाई थारु संस्कृतिसंगै जोड्ने बताए ।

यहाँका आदीवासी, जनजातीको कला संस्कृतिको संरक्षण गर्दै यहाँ राजधानीको लागि उपयुक्त शहर बसाल्ने योजना छ, त्यसको लागि यहाँका स्थानीयमा चेतनाको विकास हुनुपर्छ, यहाँकै नागरिकले मेहनतका साथ सहयोग गर्नुपर्छ । कार्यक्रममा सहभागिहरुले देउखुरी उपत्यकालाई राप्ती उपत्यका नाम दिएर राजधानी घोषणा गरेको प्रति असहमति जनाउँदै ऐतिहासिक नाम देउखुरी उपत्यका नै उपयुक्त भएको बताएका थिए ।

कार्यक्रममा देउखुरी क्षेत्रका थारु वुद्धिजिवी समाजसेवी सहित थारु कल्याणकारीणी सभाका पदाधिकारीको सहभागिता रहेको थियो । थारु समुदायको तर्फबाट प्रदेशको मन्त्री बनेको प्रति खुसी व्यक्त गर्दै स्थानीय थारु समुदायले आदीवासी जनजाती मैत्री काम गर्न मन्त्रीलाई सुझाव दिएका थिए ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार