कोरोना वार्डमा आगलागी हुँदा ४० भन्दा धेरैको मृत्यु

काठमाडौँ । इराकी अस्पतालको कोरोना भाइरस आइसोलेसन वार्डमा आगलागी हुँदा ४० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । नसिरियास्थित अल हुसैन अस्पतालमा लागेको आगो सोमबार बेलुकी मात्रै निभाइएको छ ।

आगलागीको कारण अस्पष्ट छ । यद्यपी, अक्सिजन ट्यांक पड्किएको आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

अस्पताल भवनमा अझै पनि उद्धारकर्ताहरूले बाँचेका मानिसको ज्यान जोगाउन सफल छन् । स्वास्थ अधिकारी हैदर अल जामिलीले अस्पतालको अझै पनि मानिसहरु थुनिएको हुनसक्ने भय रहेको बताए, यस वार्डमा ६० जना मानिस अट्न पुग्ने ठाउँ रहेको बताइएको ।

आगो लागेसँगै अस्पताल बाहिर प्रदर्शन भएको थियो । सामाजिक सञ्जालमार्फत पनि मानिसहरुले स्वास्थ अधिकारीहरुको राजीनामा मागिरहेका छन् ।

यसअघि नै युद्ध र भ्रष्टाचारका कारण इराकको स्वास्थ प्रणाली कमजोर अवस्थामा थियो, कोरोना भाइरस महामारीले यसलाई थप कमजोर बनाइदिएको छ । इराकमा झन्डै १४ लाखमा कोरोना देखिएको छ । त्यसमध्ये १७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

झन्डै ४ करोड जनसंख्या रहेको इराकमा अहिलेसम्म केवल १० लाख जनसंख्याले मात्रै कम्तिमा खोपको एक डोज लगाउन पाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार