आज राति ९:४५ बजे स्पेन र स्विट्जरल्यान्ड भिड्दै

उज्यालो प्रतिनिधि १८ असार २०७८, शुक्रबार समाचार

एजेन्सी – तीन पटकको युरो च्याम्पियन स्पेनले युरोपेली २०२० को पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

 

राउन्ड अफ १६ मा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अघि बढेको स्विट्जरल्यान्ड १९३८ पछि कुनैपनि ठूलो प्रतियोगिताको नकआउट चरणमा जित हासिल गर्न सफल भएक थियो । स्विस फुटबल इतिहासकै सर्वोत्कृष्ट नतिजापछि टोली अब नयाँ इतिहास कोर्न आतुर छ । पहिलो खेलमा इटालीसँग ३-० ले हारेयता टोलीले सुधारिएको प्रदर्शन गरेको छ ।

 

यता स्पेन क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै राउन्ड अफ १६ पार गर्न सफल भएको थियो । एक समय ३-१ को अग्रता लिएर पनि अतिरिक्त समयमा खेल धकेल्दा भने स्पेनको डिफेन्समा कमजोरी देखिएको थियो । सुरुवाती दुई खेलमा बराबरी खेलेको स्पेनले पछिल्लो दुई खेलमा ५-५ गोल गरेको छ । युरोमा लगातार २ खेलमा ५ गोल गर्ने टोलीको कीर्तिमान बनाएको स्पेन सोहि लयलाई कायम राख्न चाहन्छ ।

 

स्पेन र स्विट्जरल्यान्ड युरोमा पहिलो पटक आमने सामने हुन लागेका हुन् । यसअघि विश्वकपमा भने यी दुई टोलीले तीन पटक खेल्दै स्पेनले दुई तथा स्विट्जरल्यान्डले एक जित हासिल गरेको थियो । सन् २०१० को विश्वकपमा स्विट्जरल्यान्डले समूह चरणमा स्पेनलाई हराएपनि टोली उपाधि जित्न सफल रहेको थियो । समग्रमा स्पेनले २२ खेलमा स्विट्जरल्यान्डसँग बेहोरेको त्यहि एक हार हो । बाँकी १६ खेलमा जित र ५ खेल बराबरीमा सकिएको छ ।

 

स्विट्जरल्यान्डले पछिल्लो दुवै खेलमा ३-३ गोल गरेको छ । फरवार्ड हरिस सेफेरोभिचले २ खेलमा ३ गोल गर्दै प्रभाव जमाएका छन् । यता स्पेनले लगातार दुई खेलमा ५-५ गोल गरेको छ । त्यसअघि ४२ खेलमा स्पनेले ४ गोल भन्दा बढी गर्न सकेको थिएन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार