कर्णालीमा असफल भयो नीति तथा कार्यक्रम रोक्ने एमाले प्रयास

वीरेन्द्रनगर । नेकपा एमालेको चाहनाविपरित कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रमको पक्षमा सदनमा उपस्थित बहुमत सदस्यले मतदान गरेका थिए ।

नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ह्वीप जारी गरेको थियो । एमाले सांसदले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपनि बहुमत भने पुगेन ।

प्रस्ताव पेश गर्नुअघि नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएका थिए । शाहीले समय अभावका कारण व्यापक छलफल चलाउन नसकिएको स्पष्ट पारे । उनले केही नयाँ योजनासहित विगतकै कार्यक्रमलाई निरन्तरता दिएको स्वीकार पनि गरे ।

विगतकै नीति तथा कार्यक्रमकै निरन्तरता रहेकाले यस वर्ष पनि कोभिड–१९ र त्यसबाट सिर्जित समस्यालाई मध्यनजर गरिएको उनले स्पष्ट पारे । नीति तथा कार्यक्रम पारितपछि स्थगित बैठक आजै ४ बजे सुरु हुनेछ । कर्णाली सरकारले आजै आगामी आवको बजेट सार्वजनिक गर्दैछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार