श्रीमानलाई विष हालेको खाना खुवाई हत्या गरेको आरोपमा धादिङकी पार्वती थापा मगर पक्राउ

उज्यालो प्रतिनिधि ११ बैशाख २०७८, शनिबार BOX NEWS

धादिङ । श्रीमानलाई विष हालेको खाना खुवाई हत्या गरेको आरोपमा धादिङको साविक मुलपानी गाविस वडा नं २ की २९ बर्षीय पार्वती थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–४ डेरा लिएर बस्दै आएकी थिइन् । पार्वतीले २०७२ माघ २८ गते अघिल्लो दिन मात्र वैदेशिक रोजगारबाट फर्केका श्रीमान् ३२ वर्षीय विष्णु थापा मगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई हत्या गरेको अभियोगमा साँढे पाँच वर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

यसरी भएको थियो घटना

२२ महिनापछि वि.सं २०७२ माघ २७ गते वैदेशिक रोजगारबाट फर्किएका श्रीमान विष्णु थापा मगरलाई २८ गते बिहान ९:३० बजे पार्वतीले खाना गहत दाल, अण्डाकरीसँग खाना खुवाएकी थिइन् ।खाना खाएको केही समयपछि विष्णुलाई उकुसमुकुस र उल्कै अफ्ठ्यारो हुन थालेपछि मध्यपुर अस्पताल थिमि उपचारका लागि गए । त्यही अस्पतालमै उनको मृत्यु भयो । विष्णुको मृत्युपछि पार्वतीले प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले घटना अनुसन्धान क्रममा मृतकको भिसेरा, घटनास्थलमा बरामद गरिएको गहतको दाल, अण्डाकरी, खाना (भात) तथा मुछिएको खाना समेतको नमुना परीक्षणका लागि सम्बन्धित प्रयोगशाला पठायो। २०७४ साउन ९ गते प्रयोगशालाबाट आएको रिपोर्टमा अर्गान फोस्फोरस इन्सेक्टिसाइड्स नामको कीटनाषक विषादी फेला परेको थियो । र लगत्तै मृतकका भाइले भाउजूविरुद्ध किटानी जाहेरी दिए ।

विष्णुको मृत्युको कारण खुलेको प्रयोगशालाको रिपोर्ट आउँदासम्म पार्वती वैदेशिक रोजगारीमा गइसकेकी थिइन् । तर वैदेशिक रोजगारीबाट फर्केकी पार्वतीलाई भक्तपुर जिल्ला अदालतको आदेशले पक्राउ गर्न सफल भएको छ ।
अहिले नेपाल आएको मौकामा पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले बताए । अनुसन्धान क्रममा पार्वतीको श्रीमान विष्णु वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँग सम्बन्ध रहेको र सोही सम्बन्धका कारण विष सेवन गराई हत्या गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार