पत्रकार महासंघ नुवाकोटको चुनाव रोकियो,अवैध निर्वाचन समितिको कार्यालयमा ताला

उज्यालो प्रतिनिधि ७ बैशाख २०७८, मंगलवार BOX NEWS

नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटको चुनाव रोकिएको छ । चैतमा भएको चुनाव वैधानिकता बाहिर गएपछि रद्द गरिएको थियो ।

असन्तुष्ट पक्षले मंगलबार एक विज्ञप्ती जारी गरेर अवैधानिक निर्वाचन समिति मार्फत गराउन लागिएको चुनाव रोक्न माग गर्दै नेपाल पत्रकार महासंघ नुवाकोट र निर्वाचन समितिको कार्यालयमा ताला लगाइएको छ ।

अध्यक्षका उम्मेदवार नारायण प्रसाद नेपाल र उनको प्यानलको उपाध्यक्षको उम्मेदवार रुपा अर्याल सहित तथा अर्को प्यालनबाट उपाध्यक्षका उम्मदेवार तथा प्रेस युनियन नुवाकोटका अध्यक्ष समेत रहेका नमराज सुवेदी सहितले बैशाख ८ गते अबैध निर्वाचन समितिले गर्न लागेको चुनाव रोक्न माग गरिएको हो ।

निर्वाचन समितका संयोजक रहेका बशुराम रिजाल र सदस्य उत्तम घिमिरेले जसरी भएपनि अध्यक्षका उम्मेदवार कपिललाई जिताउने प्रपञ्च यसअघि गरेको पुष्टि भएर निर्वाचन रद्द भएको र अहिले पनि उस्तै क्रियाकलाप दोहोर्‍याउन खोजेको नारायण प्रसाद नेपाल पक्षको आरोप छ । उनीहरु कपिललाई जिताउन मरिमेटेर लागेपछि त्यसको विरोधमा यो निर्वाचन समिति विघठन गरेर अर्को निर्वाचन समिति गठन गर्न र तत्कालै चुनाव गराउन माग गर्दै पत्रकार महासघको कार्यालयको मुल ढोका र सोही भवनमा रहेको निर्वाचन समितिको कार्यालयमा मंगलबार साँझ ताला लगाएको हो ।

रिजाल र घिमिरेलेको क्रियाकलापप्रति असन्तुष्ट जनाउँदै निर्वाचन समितिका सदस्य राम श्रेष्ठले सोमबार राजीनामा दिएका थिए । यसरी निर्वाचन समितिका सदस्यले राजीनामा दिएको र अध्यक्षका उम्मेदवार नारायण प्रसाद नेपाल र उनको प्यानलको उपाध्यक्षको उम्मेदवार रुपा अर्याल सहित तथा अर्को प्यानलबाट उपाध्यक्षका उम्मदेवार तथा प्रेस युनियन नुवाकोटका अध्यक्ष समेत रहेका नमराज सुवेदी सहितले बैशाख ८ गते अवैध निर्वाचन समितिले गर्न लागेको चुनाव रोकेर अर्को समिति गठन गर्न माग गरेसँगै जसरी पनि कपिललाई जिताउने निर्वाचन समितिको ध्याउन्न विफल भएको छ । ताला लगाएसँगै एक पक्षीय रुपमा गर्न लागेको चुनाव रोकिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार