भूलसुधार सम्बन्धमा

उज्यालो प्रतिनिधि २ बैशाख २०७८, बिहीबार उज्यालो फोकस

हामीबाट संचालित उज्यालो नेटवर्क अनलाइन पत्रिकामा ‘रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति (पत्रसहित)’ शीर्षकमा मिति २०७८/०१/०२ गते असावधानीका कारण समाचार प्रकाशित हुन गएकोमा हामी क्षमाप्रार्थी छौं ।

उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जगतमा पत्रकार आचार संहिता प्रतिकूल भएको भनी विभिन्न कोणबाट गम्भीर प्रश्न उठेको यहाँहरूलाई बिदितै छ ।

प्रेस काउन्सिलको निर्देशनबमोजिम पत्रकार आचारसंहिताविरूद्धको सामग्री असावधानीवश स्रोतलाई मात्र विश्वास गरी प्रकाशित हुन गएकाले उक्त सामग्री वेब साइटबाट हटाइएको सम्पूर्ण पाठकवर्गलाई जानकारी गराउन चाहन्छौं ।

आगामी दिनमा पत्रकारिताको आचारसंहिता बमोजिम सावधानी अपनाउने प्रतिबद्धता पनि जनाउछौं ।

प्रधानसम्पादक, उज्यालो नेटवर्क

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार