काठमाडौं । एसीसी महिला प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा नेपालले भुटानलाई १ सय १४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज तुएन्कु जाफेर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै ११३ रन बनाएको हो ।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ र रुबिना क्षेत्रीले २४ रन जोडिन् । सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ६७-७ को अवस्थामा सीता र रुबिनाले ४० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले ।
भुटानका लागि सोनाम र छिरिङ जाङ्ग्मोले ३-३ तथा अन्जु गुरुङले २ विकेट लिए ।






