म्यानमारमा भइरहेको हत्या र दमन रोक्न अपिल गर्दै लुम्बिनीमा प्रार्थना

रविन्द्र प्रताप गुप्ता १९ चैत्र २०७७, बिहीबार समाचार

भैरहवा ।मधेश मानवअधिकार गृह (माहुरी होम) का अधिकारकर्मीहरुले म्यानमारमा सैनिक कु पछि सुरु भएकोे हत्या र दमन तत्काल बन्द गर्न माग गर्दै लुम्बिनीस्थित म्यानमारको गोल्डेन मन्दिरमा प्रार्थना गरेकाछन् । उनीहरुले म्यानमार सैनिक कु पश्चात ज्यान गुमाउनेहरुको चिरशान्तिको कामना, सैनिक शासकमा सतबुद्धि आओस् भन्दै प्रार्थना गरेका हुन् ।

संस्थाले बुधबार एक अपिल जारी गर्दै म्यानमार भइरहेको मानवता विरोधी अपराधलाई तत्काल रोक्न र लोकतन्त्रको वहालीको विश्वशक्ति र संयुक्त राष्ट्र संघले उल्लेखनीय कदम चाल्न माग गर्दै अपिलपत्र समेत जारी गरेको थियो । प्रार्थना कार्यक्रममा संस्थाका अध्यक्ष रविन्द्रनाथ ठाकुरले मन्दिरका प्रमुख भिक्षु भेन कोभिडालेलाई उक्त अपिलपत्र समेत बुझाएका थिए ।

अपिलपत्र बुझाउँदै अध्यक्षठाकुरले म्यानमारमा हालको सैनिक शासकले बालबालिकादेखि वृद्धसम्मलाई निर्मम हत्या गरी मानवता विरोधी अपराध गरेको बताए । यस्तो मानवताविरुद्धको अपराध गर्ने म्यानमारको सैनिक शासक र उक्त घटनालाई टुलुटुलु हेरेर बसेको विश्व समुदाय र संयुक्त राष्ट्र संघलाई विश्व शान्तिका अग्रदुत महामानव भगवान गौतमबुद्धको पावन भूमीबाट ध्यानाकर्षण गराउनको लागि प्रार्थना र अपिल जारी गरिएको बताए ।

ठाकुरले म्यानमारमा मानवता विरोधको अपराध तत्काल रोक्न, लोकतन्त्रको वहालीको लागिर म्यानमारमा रहेका जनताको मानवअधिकार सुनिश्चिताको लागि विश्व शक्ति र संयुक्त राष्ट्र संघले उल्लेखनीय कदम चाल्नुपर्ने बताए ।

ऋपिलपत्र बुझ्दै मन्दिरका प्रमुख भिक्षु कोभिडाले म्यानमारमा रहेका नागरिकले धेरै दुःखः र कष्ट पाइरहेको बताए । उनले भने, ‘यहाँहरु सबैको कामनाले म्यानमारमा छिट्टै राम्रो दिन आउनेछ । त्यसको लागि सबैले विश्वास गर्नु र्ने बताउदै अपिलपत्रको बारेमा म्यानमार सरकारलाई जानकारी दिने उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार