काठमाडौँ । चर्चित गायक मदन घलान मोडल बनेका छन । आफ्नै गीत ‘छुम्सी थान्बा माया’ मा चर्चित गायक र मोडल सुचनालाई अभिनयमा देख्न सकिन्छ ।
ज्ञान दास दोङको शब्द र संगीतमा बनेको उक्त गीतलाई चाँद सिंले एरेन्ज गोविन्द सोनिले मिक्सिङ गरेका हुन । जेनेरिक स्टुडियोमा रेकर्ड गरेको उक्त गीतमा उनै चर्चित गायक मदन घलान र चर्चित गायिका जितु लोप्चनको आवाज रहेको छ ।
भिडियोलाई छायांकन र कलर बिबेक् लामाले गरेका हुन भने एडिट र निर्देशन बिबेक लामा र बिकास प्रसाईले गरेका हुन । सुरज लामा गोम्जाले ड्रोन, प्रतीक ङेसुरले डान्स कोरियोग्राफि गरेको उक्त म्युजिक भिडियो मदन घलान अफिसीयल युटुब च्यानलबाट सार्वजानिक गरेको हो ।






