ओलीको निरंकुश प्रवृतिले गर्दा नेपाली राजनीतिमा दिउँसै रात परे : अध्यक्ष दाहाल

उज्यालो प्रतिनिधि १४ चैत्र २०७७, शनिबार BOX NEWS

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन ।

शनिबार काठमाडौंमा आयोजित बृहत् नागरिक आन्दोलनका अगुवाले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले अब राजनीति जतासुकै गए पनि आफ्नो राजनीति र नैतिकतालाई बचाउन समर्थन फिर्ता लिनुपर्ने बेला आएको बताएका हुन ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई लिएर आन्दोलनमा उत्रिएका दल र शक्तिले हत्त न पत्त समर्थन नलिन दबाब दिएको भन्दै उहाले अब धेरै दिन कुर्न नसक्ने पनि बताए । प्रचण्डले ओलीका कदमविरुद्ध सडकमा गएका राजनीतिक दलहरुबीच सहमति गर्ने कोसिसले समर्थन फिर्ता लिने विषय ढिला भएको उल्लेख गरे ।

प्रचण्डले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने मधेसविरोधी ओली प्रवृत्तिविरुद्ध रहेकाहरुको सरकार बनाउन सहयोग गर्न ठाकुरलाई आग्रह गरे । प्रचण्डले सेटिङको आधारमा निर्वाचन आयोगले गरेको निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश प्रवृतिले गर्दा नेपाली राजनीतिमा दिउँसै रात परेको जिकिर गरे ।

त्यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गरे । सर्वोच्च अदालतको फागुन २३ को फैसलातर्फ संकेत गर्दै उहाले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा पठाएको र त्यहाँ बस्न अफ्ठेरो लागिरहेको बताए । नेता नेपालले शुक्रवारको संसदीय दलको बैठकमा सहभागी नभएर त्यसको संकेत देखाइसकेको बताए ।

त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुरले सरकारलाई समर्थन गर्ने प्रश्न नै नभएको बताए । आफूहरु न्यायको खोजीमा रहेको भन्दै मुद्दा सम्बोधन नभएसम्म कसैलाई साथ नदिने ठाकुरको भनाइ छ । अहिलेको परिस्थिति प्रचण्ड– नेपाल र ओलीको बेमेलका कारण निम्तिएको भन्दै ठाकुरले आफूहरुलाई लागि सत्ता भन्दा मुद्दा ठूलो भएको तर्क गरे ।

कार्यक्रममा कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले विश्वासको मत नदिने बताए ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार