साहित्य र कला संरक्षणार्थ प्रतिष्ठान बनाउँछौँ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने बताएका छन । कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पुरस्कार तथा सम्मान अर्पण समारोह’मा उनले सरकारले ऐनमार्फत त्यो प्रतिष्ठान अगाडि बढाउने बताए ।

उनले भने, “मुलुकमा साहित्य, कला, संस्कृति र भाषाले सम्पन्न प्रदेश हो कर्णाली, यसको उत्थानका लागि नागरिक तहबाट समाजले गरेको कार्य सराहनीय छ ।” यद्यपि भाषा, साहित्य र कलामा पहिचानका निम्ति गहिरिएर लाग्न मुख्यमन्त्री शाहीले सुझाए । यसको निरन्तरताले नयाँ पुस्तालाई ऊर्जा मिल्ने र यहाँको समृद्धि तथा विकासका साथै उज्ज्वल भविष्य निर्माणमा साहित्य र कलाको विशेष योगदान रहने उनको भनाइ थियो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले कर्णाली सांस्कृतिक र जैविक सभ्यताको केन्द्रबिन्दु भएको बताए । यहाँको सांस्कृतिक सम्पदाको अभिलेखीकरण गर्न त्यसको उत्खनन गर्नुपर्नेमा जोड दिँदै उपकुलपति प्रा डा सिंहले भने, “मान्छे पदले नभई कामले चिनिन्छ, कर्णालीले नोबेल पुरस्कार पाउने गरी काम किन नगर्ने ?” मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यहाँको आदिवासी ज्ञान, कला, सीप संरक्षणको तयारी गरिरहेको उनले बताए ।

प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायले साहित्य, कला र संस्कृतिमा नयाँ पुस्ताले आफ्नो मानक निर्माण गर्न कठिन भएको प्रतिक्रिया दिए । हिजोका पुर्खाले जन्माएका कला, साहित्य, संस्कृतिलाई नयाँ पुस्ताले सङ्गठित एवं संस्थागत गर्दै जानुपर्नेमा सदस्य डा रोकायको जोड थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार