जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट गरिएका छन् । जिल्लाका हरेक वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमको रु ४० देखि ५० लाखसम्म बजेट आएको सामाजिक विकास कार्यालयका सबइञ्जिनीयर प्रेमबहादुर शाहीले बताए ।

स्थानीय तहसँग कार्यक्रम कार्यान्वयन गर्न अहिले सम्झौता गर्ने काम शुरु गरिएको उहाँले जानकारी दिए । यस पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्लाका विषयगत कार्यालयमा आइपुगेको छ ।

तातोपानी र गुठीचौर गाउँपालिकामा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट आएको छ । बाँकी छ पालिकाको बजेट विषयगत कार्यालयमा पठाइएको सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए ।

स्थानीय तहमा आउनुपर्ने बजेट जिल्लामा आउन थालेपछि कार्यक्रम कार्यान्वयमा समस्या हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । नेपालको संविधानअनुसार सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्रम कार्यान्वयन थलो स्थानीय तह हो । अनुगमन र प्राविधिक सहयोगका लागि समन्वय समिति र विषयगत कार्यलाई जिम्मेवारी दिँदा उपयुक्त हुनेछ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लामा रु २४ करोड ७३ लाख १२ हजार आएको छ । बजेट सिफारिस समितिले सिफारिस गरेका स्थानीय तह तथा विषयगत कार्यालयमा पठाइसकिएको छ ।

जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गारेटो बाटो, सडक मर्मत र ग्रामीण सडक तथा विद्यालय भवन निर्माण जस्ता कार्यमा मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च हुने सामाजिक विकास कार्यालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार