कर्णाली प्रतिष्ठानमा उपकुलपतिको पदमा नियुक्ति हुनेको प्रतिस्पर्धा कडा हुने !

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएको फागुन १६ गते तत्कालीन उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद अहिले रिक्त रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन १७ गते प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावललाई आर्थिक तथा प्रशासनिक अधिकारसहितको निमित्त उपकुलपति जिम्मेवारी दिएको छ । त्यस्तै मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीनलाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरेको थियो ।

मन्त्रालयले फागुन २४ गते तीनै प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि सात दिनको समयावधि राखेर आवेदन मागको सूचना गरेको थियो । प्रतिष्ठान पाटन र प्रतिष्ठान पोखरामा १२÷१२ को आवदेन परेको छ भने प्रतिष्ठान कर्णालीमा २१ ले उपकुलपतिका लागि आवेदन दिएको छ । यसबाट उपकुलपतिको पदमा नियुक्ति हुनेको प्रतिस्पर्धा कडा हुने देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यवाहक उपकुलपति डा मङ्गल रावल, निवर्तमान उपकुलपति प्रा डा वाग्ले, डीन डा रेशम राना, रेक्टर निरेश थापा, डा सूर्यमान लिम्बू, प्रा डा तरुण पौडेल, डा राजीव साह, प्रा डा रामप्रसाद उप्रेती, प्रा डा गेहनाथ बराललगायत २१ ले आवेदन दिएको छ ।

त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यवाहक उपकुलपति प्रा डा राजेशनाथ गङ्गोल, रजिष्ट्रार प्रा डा पारसकुमार आचार्य, प्रा डा गेहनाथ बराल, प्रा डा राजेन्द्र वाग्लेलगायत १२ ले आवेदन दिएका छन । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा ध्रुव अधिकारी, डा भरत खत्री, डा डुपबहादुर क्षेत्री, डा श्रीकृष्ण श्रेष्ठ, डा विजय अर्याललगायत १२ को आवेदन परेको छ ।

सरकारले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीनको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गर्नेछ । उक्त सिफारिस समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्ने उषा झा सदस्य छन ।

प्रतिष्ठान जुम्लामा उपकुलपतिमा आकर्षण बढ्नुमा उपकुलपति योग्यताको जनशक्ति प्रतिष्ठानमै रहेको र अन्य प्रतिष्ठानमा भन्दा राम्रो सेवा सुविधा भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । स्वास्थ्य मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा उल्लेखित योग्यता पुगेका इच्छुक उम्मेदवारलाई रीतपूर्वको निवेदन सम्बन्धित प्रतिष्ठानलाई प्रभावकारी सञ्चालन गर्न तयार पारिएको सिलबन्दी व्यावसायिक कार्ययोजना पेश गर्न पनि अनुरोध गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार