काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रयास गर्दागर्दै गृहमन्त्री रामबहादुर थापालाई ल्याउन नसकेको बताएका छन् ।
केन्द्रीय समितिको तेस्रो बैठकमा समापन मन्तव्य राख्दै उनले बादललाई ल्याउन असफल भएको बताएका हुन् । प्रचण्डले अर्का नेता वामदेव गौतमलाई ल्याउन भने सकारात्मक छलफल भइरहेको बताए ।
‘कमरेड बादल र वामदेव यो बैठकमा आउने आशा थियो, तर उहाँहरु आइपुग्नुभएन । वामदेव कमरेड सकारात्मक दिशामा हुनुहुन्छ । उहाँसँग सकारात्मक छलफल चलेको छ ।’ उनले भने, ‘कमरेड बादललाई हामीले ल्याउन सकेनौँ ।’






