नेप्काबाट जडीबुटी चोरी बढ्दै

उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार कर्णाली प्रदेश

कर्णाली । कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लाको चङ्खेली गाउँपालिकाबाट अवैधरुपमा जडीबुटी चोरी तीव्र बढेको छ । चखेली गाउँपालिका–५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको पछिल्लो समय अवैध चोरी–निकासी बढेको छ ।

वडा नं ५ को नेप्का गाउँको टाँके, माडिभिटा, फुने निलीलगायतका क्षेत्रबाट जडीबुटी चोरी निकासी हुने गरेको यहाँका स्थानीयवासीले बताउने गरेका छन् । मुगु र जुम्ला जिल्लाबाट ठेकेदारले कुल्ली लगाएर बहुमूल्य जडीबुटी जटामसी, कटुकीको चोरी निकासी गर्ने बढेको स्थानीयको आरोप छ ।

बहुमूल्य जडीबुटी चोरी हुन थालेपछि सिङ्गो गाउँका स्थानीय पालो गर्दै रक्षक बस्न थालेको वडाध्यक्ष भैरव तामाङले बताउनुभयो । नेप्का गाउँका विभिन्न ठाउँबाट सयौँ क्विन्टल कटुकी चोरी भएपछि गाउँका ६६ घरधुरी मिलेर विभिन्न स्थानमा जडीबुटी जोगाउन वनरक्षक बस्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । सम्बन्धित निकायको उदासिनताका कारण लेकाली भेगबाट मुगु, जुम्ला र हुम्ला जिल्लाका केही गाउँपालिकाबाट अवैध रूपमा जडीबुटी चोरी निकासी बढेको हो ।

यस्तै सिमकोट गाउँपालिका–१ को चुवाखोला वनबाट ठूलो सङ्ख्यामा अन्तरजिल्लाका नागरिक आएर जडीबुटी सङ्कलन गर्न आएको स्थानीयको भनाइ रहेको छ । मुगु, बाजुरालगायतबाट जिल्लाबाट आएर जडीबुटी निकासी भइरहेको बताइएको छ । हुम्लाबाट वर्षेनी हवाई तथा पैदल मार्ग भएर करोडौं रकमको बहुमुल्य जडीबुटी निकासी हुने गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार