सशस्त्र प्रहरीको ठुलो सफलता, ठुलो मात्रामा लागू औषधसहित एक भारतीय नागरिक पक्राउ

रबिन्द्र यादव १७ कार्तिक २०७७, सोमबार समाचार

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सशस्त्र प्रहरीले ठुलो सफलता हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल बिओपी भुजहवाले बिशेष सुराकीको अधारमा एक भारतीय नागरिकलाई ठुलो मात्रामा लागू औषधसहित पक्राउ गरेको हो ।

सरावल गाउँपालिका वडा नं ७ भन्सार टोलको पश्चिम दिशाको खेत हुँदै युपी ५६ एडी ३८६० नम्बरको भारतीय मोटरसाइकल सवार व्यक्ति लागू अौषध सहित जाँदै गरेको अवस्थामा पिकेट गस्ती टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला महाराजगंज गडौर बजारको बर्ष २७ का राजकुमार गुप्ता रहेका हुन । बि.ओ.पि.भुजहवाबाट खटिएको सीमा पिकेट ड्युटी टोलिले चेकजाच गर्दा निजको साथबाट डाईजापाम 2ml को -५४५ पिस, नुफिन 2ml को -५४० पिस, फेनरागन 2ml को -५४५ र ओनरेक्स सिरफ 100 ml को -२० पिस लागु औषध बरामद गरेको हो ।

हाल निज व्यक्तिलाई नियन्त्रणमा लिई लागुऔषध र मोटरसाईकल सहित आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय परासी बुझाएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलासपुरका सुचना अधिकारी रोशन घिमिरेले जानकारी दिए । जिल्लाको भुजहवा नाका लागू अौषध अोसारपसारको मुख्य नाकाको रुपमा लिइने गरिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार