बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

उज्यालो प्रतिनिधि ८ कार्तिक २०७७, शनिबार समाचार

काठमाडौं। बलात्कार प्रयास गरेको आरोपमा सप्तरीको महदेवा गाउँपालिका–३ बलिया बथनाहाका २ जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले मंगलवार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलवार नै स्वास्थ्य परीक्षण भएको छ ।

प्रातः भ्रमणमा निस्किएका बेला घरदेखि ३०० मिटर उत्तर परालको टाल भएको बारीमा आरोपितले नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार