दिपक संघर्ष,क्वालालम्पुर । मलेसियामा थप ५ जना नयाँ कोरोना संक्रमितकाे थपिएको छ । मलेसियामा बिगत २० दिनदेखि कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको संख्या पनी दैनिक रुपमा घट्दै गएको छ ।
हालसम्म मलेसियामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १२१ रहेकाे छ भने ८ हजार ६६३ जनामा संक्रमितको पुष्टि भएको छ । ८ हजार ६५ जना उपचार पश्चात् पुर्णरुपमा ठिक भएर घर फर्केको मलेसियन स्वास्थ्य मन्त्रालयको जानकारी दिएको छ ।






