अमेरिकामा वेरोजगारी भत्ताको दावी गर्नेहरुको सङ्ख्या १५ लाख पुग्यो

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०७७, शुक्रबार विश्व

एजेन्सी । अमेरिकामा कामबाट निकालिएर वेरोजगारी भत्ताको दावी गर्नेहरुको सङ्ख्या १५ लाख पुगेको छ । अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको सङ्ख्या अनेपेक्षित भएको अधिकारीहरुले बताएका छन् ।

अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो ।

अमेरिकामा अहिले धेरै क्षेत्रमा व्यापारिक गतिविधिहरु आंशिक रुपमा भएपनि सञ्चालन हुँदै आएका छन् । श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कामबाट निस्काशित हुनेहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ ।

विषेश गरेर रेस्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निस्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई रोजगारदाताले फेरि बोलाउने अपेक्षा गरिएपनि निश्चित भने नभएको बताइएको छ ।

अमेरिकामा रोजगारी गुमाउनेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि बेरोजगारी भत्ता दिनु पर्ने बाध्यताले सरकार थप अफ्ठ्यारोमा परेको छ । व्यापार व्यवसाय घट्ने, बेरोजगारी बढ्ने र ठूलो रकम बेरोजगारी भत्ताको रुपमा वितरण गर्नु पर्ने बाध्यताले मुलुककै आर्थिक क्षमतामा असर पर्नसक्ने अनुमान गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार