कोरोनाका कारण मुम्बईको अवस्था बिग्रिदै, अस्पातलमा शव राख्न ठाउँ छैन

उज्यालो प्रतिनिधि २९ जेष्ठ २०७७, बिहीबार प्रवास

काठमाण्डौ । भारतमा कोरोना संक्रमणको दर निरन्तर बढीरहेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख नजिक पुग्दै छ भने पछील्लो २४ घण्टामा ९ हजार ९९६ जाना संक्रमित फेला परेका छन । अर्कोतर्फ, महाराष्ट्रको राजधानी मुम्बईको अवस्था झनै नराम्रो छ। मुम्बईमा मात्र चीनको वुहानमा भन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन ।

अस्पतालमा शव राख्न ठाउँ छैन। मृतकका आफन्तहरूले आफन्तको शव बुझेका छैनन् । उपनगरी परेलको किंग एडवर्ड मेमोरियल (केईएम) अस्पतालमा १२ अज्ञात शव दाहसंस्कारको लागि विगत तीन हप्तादेखि कुर्दै छन् ।

अब अस्पातल व्यवस्थापन प्रहरीबाट सहयोग लिन बाध्य छ। प्रहरिले अज्ञात शवहरूको अन्तिम संस्कार गर्नेछन् । केवल ३६ वटा लासलाई अस्पतालमा सुरक्षित राख्न सकिन्छ, तर मुम्बईमा बढ्दो कोरोनाका कारण र अज्ञात मृतका कारण अवस्था बिग्रँदै गइरहेको छ।

गत २ मेमा जारी राज्यपालको आदेश अनुसार मृत्यु भएको ३० मिनेट भित्र मृत शरीरलाई शव हस्तान्तरण गर्नुपर्नेछ। यदि मृतकको पहिचान भएन भने उसलाई ४८ घण्टा निगरानीमा राख्ने प्रावधान छ। यस्तो जानकारी केईएम अस्पतालको फोरेंसिक विभागका डा. हरीश पाठकले दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार