कोरोना महामारीबिच पाकिस्तानमा लकडाउन खोल्ने

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०७७, शनिबार प्रवास

इस्लामाबाद । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ।

प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् ।

प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएका छन्। लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी बर्गको अवस्था नाजुक बन्नुका साथै दशेको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने बताए।

त्यसैले यहाँका अधिकांश शहरहरुका साथै देशका प्रमुख केन्द्र तथा बजार पसलहरु पनि खुल्ने भएको छ। प्रधानमन्त्री खानले शुक्रबार सो कुराको जानकारी दिएका थिए।

पाकिस्तानमा पछिल्लो समयमा ४ हजार ७३४ जना संक्रमित थपिएको शनिबार बिहान जानकारी दिइएको छ। ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ९३ हजारभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ९३५ जना पुगेको बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले यो भाइरसबाट गएको २४ घन्टामा मात्र ९७ जनाको ज्यान गएको बताएका छन्।

यहाँका ३२ हजार जना भन्दा बढी उपचारपछि निको भएका छन्। यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो। त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो। रासस/एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार