खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा घर जलेर नष्ट

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०७७, शनिबार समाचार

संखुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिकामा आगलागी हुँदा रु १८ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट चिचिला–४ का कर्णकुमार गुरुङको घर जलेर नष्ट भएको चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्व शेर्पाले जानकारी दिनुभयो । खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा गुरुङको घर जलेर नष्ट भएको छ ।

आगलागीले घरमा रहेको खाद्यान्न, लत्ताकपडासहित सम्पूर्ण सामान जलेर नष्ट भएको अध्यक्ष शेर्पाले बताए । शुक्रबार दिउँसो घरमा कोही नभएको अवस्थामा चुलोमाथि राखेको डोको झरेर आगो सल्केको पीडित गुरुङले बताए । घरमा मान्छे नभएका कारण समयमा आगो नियन्त्रण गर्न नसक्दा घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको पीडित गुरुङले बताए ।रासस  file photo

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार